Thursday, 9 April 2020

प्रहरी को तलब कटौती

 आज फेरि नयाँ सोच बिचार अनि मनमा अनेकौं कौतुहलताको बीच रहेर केहि कुरा लेख्न मन लाग्यो र लेख्दैछु हुन त आगोले सेकेको भाडोलाइ मात्र थाहा हुन्छ कति तापले पोलेको छ।न कराउदा सुन्ने न पोल्दा आम्मै यसलाई धेरै पोल्यो भन्ने नै कोहि हुन्छ।त्यही माथी पनि तातेको फलामलाइ माथी बाट आरानमा राखेर फलामको डल्लोले पिटेकै हुन्छ र अनेकौं आकार निकाल्न।आज त्यस्तै भएको छ हाम्रो देश नेपाल मा।प्रसङ्ग हो नेपाल प्रहरी को तलब कटौती गरेर कोरोना रोग रोकथाम को लागी तलब कटौती गर्ने भन्ने।जुन अति लज्जास्पद र कारुणिक छ र उनिहरु फिल्डमा खट्दा खेरिको अवस्था देख्दा।हुनत अचानोको मर्म बुझ्ने कस्ले आखिर केहि चिज काट्नु छ भने अचानोको नै प्रयोग गर्छन्।नेपाल प्रहरी भनेको एउटा दु:खद घडीमा नेपाल र नेपाली को लागी खट्ने पहरेदार सिपाही हो। न उनीहरुको छुट्टी भन्ने नै हुन्छ न कुनै सुख।कतै आन्दोलन भए पनि प्रहरी,कतै दुर्घटना हुँदा पनि प्रहरी नै खटिनु पर्ने हुदाहुदै आज आएर" कसैलाई नसक कान्छो भाइलाई सक"भने कस्तो उनीहरुको नै तलब काटिनु पर्ने?धैत सरकार तिमिहरुका लगौटी भिरेका भ्रष्टाचार का नाइके तह लगाएर देशको ढुकुटी सक्ने हनुमान हरु बाट देशको पैसा असुल उपर गर्न नसकेर आखिर आएर आफ्नो परिवार पाल्न पनि गाह्रो हुने एउटा प्रहरी को तलब काटेर तिम्रा आसेपासे लाई फेरि खुशी पार्दै छौ होईन?धिक्कार छ यि सिपाही हरुको आसुले सराप्ने छ तिमीहरु लाई,अरबौ कुम्ल्याएर देशलाई बन्दी बनाउने हरुको लेखाजोखा खै?हिसाब किताब खै?अझै प्रधानमन्त्री ज्यु तपाइँ भ्रष्टाचारि हरुलाइ पक्षपोषण गर्दै किनाराको साक्षी बनेर जोगाउदै दुखी पीडित माथी अत्याचार को पासो थाप्दै हुनुहुन्छ होइन?तपाई त देशको नमुना सधै मुक्त कण्ठले सबैले आहा कति उदार दिलको प्रधानमन्त्री हुनुहुन्थ्यो भन्ने हुनुपर्ने मा अरुको बचाउ गर्दैमा घृणित हुनुभयो।लाग्छ यो सताब्दी को नै कमसल।तपाईंले यो प्रहरी को तलब कटौती गरेर फाइदा के पाउनु हुन्छ?बरु भनेको भए १ महिनाको तलब नै खुशी ले दिन्थे होलानी जबर्जस्ती गर्नु भन्दा?अनुसासन पनि दुई प्रकारका हुन्छन् एउटा स्वैच्छिक र अर्को लादिएको।लादिएको अनुशासन होइन यहाँ स्वैच्छिक अनुशासन को खाचो छ त्यसैले जबर्जस्त होइन बरु आम कर्मचारी लाई आह्वान गर्नुहोस् सरकार लाई सघाउन तर एउटा परिवार पाल्न गाह्रो पर्ने प्रहरी को तलब कट्टा नगर्नुहोस्?"आची गर्नेलाई भन्दा देख्नेलाइ लाज"भने जस्तो भ्रष्टाचारि लुकाएर देश लुटाएर अर्थतन्त्र नाश बनाएर तपाईंको शासन कति दिन टिक्ला?अब जनताले मुल्यांकन गरेका छन अहिलेसम्म त खुवाउनु भयो अब नखुवाउनु होस।नेपाल साच्चै स्वर्गको एउटा टुक्रा बन्ने थियो भ्रष्टाचारि हरुले हिराको टुक्रा घरमा राखे देश खोक्रो पारेर तर देश कंगाल बन्दैछ तपाईंको शासन कालमा यसमा सुधार होस भन्ने आम जनचाहना छ।धन्यवाद।जय देश।जय नेपाल।
CC Bashu dabadi

Wednesday, 4 September 2019

मलेसियामा माघी महोत्सवको तयारी/सेप्टेम्बर १५ तारिख क्वालालम्पुरमा थारुको भेला

मलेसियामा माघी महोत्सवको तयारी/सेप्टेम्बर १५ तारिख क्वालालम्पुरमा थारुको भेला
थरुहट थारुवान बिकासको निम्ति/थरुहट पहिचानको निम्ति/थारु युवाहरू बिच एकताको निम्ति” भन्ने मुल नारा,उदेश्यको साथ स्थापना गरिएको प्रवासी थारु सेवा समाज मलेसिया केन्द्रिय समिती क्वालालम्पुर र थारु ग्रुपअफ मलेसियाको संयुक्त आयोजनामा नियमित बैठक,अन्तरक्रिया तथा अधिबेशन कार्यक्रम हुने भएको छ ।

यहीँ सेप्टेम्बर १५ तारिख आईतवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा उक्त कार्यक्रम आयोजना गर्ने तय भएको समाजका कार्यवाहक अध्यक्ष राम प्रकाश चौधरी(थारु)ले बताए।थारुको अनुसार केही समयदेखि निष्क्रिय रहेको थारु कमिटी मलेसियालाई सक्रिय बनाउन नयाँ नयाँ थारु युवा,युवतीहरुको हातमा अबको कार्यभार सुम्पिने र अधिबेशनबाट नयाँ कार्यसमिती छनौट गर्ने तयारी चलिरहेको र मलेसियाको बसाइँ सकेर घर फिर्ती हुने संस्थामा आबद्ध पदाधिकारीहरुलाई बिदाई तथा नयाँ नयाँलाई उच्च सम्मान सहित स्वागत समेत गरिने कार्यसमितीको योजना रहेको बताए ।

साथै उक्त बैठकले संस्थाको आगामी कार्य योजना तर्जुमा र आउदो माघी महोत्सव मलेसियाको थारु समुदाय एक भएर कसरी मनाउने भन्ने बारेमा विशेष छलफल गरिने भएकोले थारु समाजको सम्पुर्ण पदाधिकारी लगायत समाजमा आबद्ध हुन चाहने इच्छुक जो कोही पनि थारु युवा,युवतीहरु त्यो दिन उपस्थित हुन सकिने,आबद्ध हुन सकिने का.वा.अध्यक्षलाई उद्दृत गर्दै समाजका महासचिव प्रजेश थारुले बताए ।कार्यक्रममा पेनाङ,जोहोर राज्य बाट आउने संस्थाको पदाधिकारीहरुको समेत उल्लेखनीय उपस्थिति रहनेछ्न।बिस्तृत जानकारीको लागी:- +601111877340/+601169967411/+60 124707478

Sunday, 4 August 2019

रबि Vs खेम भण्डारी



                 निर्मला हात्य काण्ड 

रवि लामिछानेले निर्मला हत्या काण्ड बिषयमा बोली रहदा कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई यति धेरै भुकम्पको झट्का किन ! अब शंका यिनि माथि पनि गर्ने कि नगर्ने !खेम भण्डारी र रवि लामिछानेको कुरा हामीले सुनिसक्यौं,  रबिले यो हाम्रो आधिकारिक धारणा हैन यसबारे बहस र छलफल गरौ राज्यलाइ सहयोग गरौ भनेर एउटा कार्यक्रम प्रस्तोता र संचारकर्मीको धर्म निभाएको छ तर आफूलाई बरिष्ठ पत्रकार , गरिबको न्यायका लागि कुटिएको ब्यक्ति भनेर दुनियाको सेन्टिमेन्टसँग खेल्दै हिँडने खेम भण्डारीले चाहि जनतालाई उरालेर आफ्नो फेशबुक स्टाटस मार्फत आगोमा घ्यु थप्ने काम गरिरहेको देखिन्छ।जनतालाई भ्रममा पारेर निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धान लाई प्रभावित पार्न उक्त घटनालाई आन्दोलनको रुपमा परिणत गर्ने पत्रकार खेम भण्डारी नै हुन् । सोझा जनतालाई दिग्भ्रमीत गरि भिडलाई हौस्याएर हिंसात्मक आन्दोलनमा होम्ने पत्रुकार चाटुकार चाहे जो सुकौ होस त्यसलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ !

     खेम भण्डारीले रातभरी घोकेर बिहान आफ्नै युट्युब च्यानलमा अन्तर्बार्ता दिनुको सट्टा रबि लामिछानेसँग सम्पर्कमा आउनु पर्ने हो कि होइन जबकी News 24 मा यो घटनाको बारे त्यत्रो चिरफार भैसकेको थियो। प्रत्ययक्षदर्शी महिलालाई लुकाउन पाईदैन भन्ने खेम भण्डारीको तर्क  हो भने आफूले बारम्बार बलात्कारी vip हो भनेर ठोकुवा गरेर फेशबुक मार्फत यो सिंगो घटनालाई गुमराहमा पार्ने प्रयास गरिरहँदा उनले पनि भनिदिनु पर्यो कि त्यो vip बलात्कारी को हो. ..! आफूलाई पत्रकार हुँ , राज्यको चौथो अँग हुँ भनि दाबी गर्ने बरिष्ठले न्याय र कानुन बिपरित घटनालाई मोडेर दंगा फैलाउने कि कानुनलाई र प्रशासनलाई पनि सहयोग गर्ने?

      म लोकतन्त्रको लागि लड्दा अमेरिकामा भाँडा माझ्दै थिए केहि ब्यक्तिहरु भनेर खेमले छटपटी ओकलीरहँदा यो चाहिँ बिर्सेछन् कि तिनै अमेरिकामा भाँडा माझ्नेहरुले तिनी र तिनका लोकतन्त्रका टाउके बादशाहलाई खसी पाले झैं पाल्न आफ्नो परिवारबाट टाढा भएर , आफ्नो सपना, आयु र पसिना बिदेशमा बेचेर रेमिट्यान्स पठाईरहेका थिए! तसर्थ खेम भण्डारीले थुतुनो र दिमाग सहि ठाउँमा दल्नु होला।आज देशमा एकमात्र सत्य र निडर पत्रकारिता गर्ने रबि लामिछाने मात्र हुन्। चुनाबमा मेयरको पद नपाएर भड्किएका स्वघोषित बरिष्ठले रबि लामिछाने लाई नैतिकताको पाठ पनि नसिकाउन्! अझै केहि बिग्रेको छैन, एकपटक यी साला भेना दुबैलाई कस्टडीमा राखेर फेरि अनुसन्धान गरिनु पर्छ। रबि लामिछाने कुनै बलात्कारी जोगाउन अन्टसन्ट स्टाटस लेखेर रातारात भाईरल भएका पत्रकार होइनन्, देशका गरिब जनताका आशाका धरोहर हुन्। उनैको कार्यक्रम बाट कैयौ भ्रस्टाचारी जेल गएका छन्, नेताका पाल्तु ठेकेदार बहुलाएर जंगल पसेका छन्, ठगहरुले खाएको पैसा उनको नाम लिनासाथ वापस आएको छ, हराएका आफन्तहरु भेटिएका छन्, कति दलालहरुको जागिर चट भएको छ, गैरकानुनी धन्दाका मालिकहरु भूमिगत भएका छन्, हजारौ दुखमा परेका हरुको उद्दार भएको छ, सबैभन्दा लामो टक सो चलाएर गिनीज़ बुकमा नेपालको नाम चढाएका छन्, तराईमा डुबान पर्दा मुसहर बस्ती बसाए, कालीकोट रास्कोटमा उनकै अगुवाईमा रास्कोट अस्पताल बन्दै छ, त्यहाँ हजारौं जीवनको सम्भावना गुमाईसकेका गरिबहरुले उपचार पाउने छन्, को बन्छ करोडपतिमा जितेको १२ लाख पनि अस्पतालमै लगाए, भ्रष्टहरुको मुटुमा सुनामी आउने गरि निडर र निर्भीक भएर ज्यानको बाजी थापेर दिनैपिच्छे कराएका करायै छन्।रबिलाई औकात सिकाउने ए औतारी खेम, तिम्रो हैसियत चाहि के हो? के गर्यौ देश र जनताको लागि पत्रकारको परिचयपत्र निधारमा टाँसेर? ल मसँग बहस गर्न आऊ..! तिमीले लोकतन्त्रको लागि ठड्याएको चोर औंला भन्दा अमेरिकामा भाँडा माझेर देश बनाउन फर्किएका रबिका स्वाभिमानी हातहरु कति हो कति महान् छन्..! मिडिया र कानुनलाई  यसरी सरेआम मेनिपुलेट गर्ने अधिकार तिम्लाई कस्ले दियो हँ?  👈facebook copy by #jwala sangroula
#IamWith_Rabi_Lamichhane !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Thursday, 25 July 2019

1W1B को निमन्त्रणा

                  🌹🌹निमन्त्रणा   🌹🌹

बिषय  ÷ उपस्थिती सिमिनर मितिङ ;

यहि 2019/08/11/आईतबार को दिन मलेसिया को केलाङ्ग बजार इस्थित 1W 1B को सेमिनार मिटिङ हुने भएकोले यस 1W 1B को सम्पुर्ण प्रीमियर तथा नर्मल सेयर होलडर हरुमा अनिवार्य उपस्थिति होइदिनु हुन सम्बन्धि सबै मा बिनम्र अनुरोध गर्दछौ र तपाईं हरु सङै यस बिजनेसको बारेमा जान्न चाहने सम्पुर्ण तपाईंहरुको दाई भाई साथी सङ्गी हरु छन भने उहाँ हरुलाई पनि उपस्थित गराउनु होला र बिश्वको विभिन्न देश मा छरिएर  रहनु भएकाे यस बिजनेस मेम्बर हरु तपाइहरूकाे साथीभाइहरु मलेसियाकाे कुला लम्पुर शहरमा कोहि हुनुहुन्छ भने उहाँ हरुलाई पनि सम्पर्क गरेर उपस्थिती गराउनु हुन सबैमा अनुरोध गर्दछौ✊✊✊✊✊✊

निर्देशन :एसिया र अफ्रिकाको मार्केटिङ मेनेजर चेत नारायण नेउपाने जियु र Top एचिभर vip समीर लिम्बू ज्यु
                {कार्यक्रम सङ्योजक}  
1) vip गणेश  खाती जियु कर्यक्रम पर्मुख
2) vip =राज सुन्दास जियु अथिती हरु
3) Vip =एम कुमर चेम्जोङ ज्यु
4)vip टेक चौहान ज्यु
5)vip किशोर कुमर मन्डल ज्यु ।
                top leader
6)टपलिडर खगेन्द्र खजुम ज्यु
7)टपलिडेरभानुप्रसाद्कोइराला ज्यु
8)ट्पलिडर्बिरेन्द्रकोहार ज्यु   
 9)ट्पलिडर मनोहर प्रसाद चौधरि ज्यु 
10)टपलिडर प्रेम कुमार राइ ज्यु
11)आइप्या उइनर केसब चाम्लिङ राई ज्यु
(12)हफिजुर रहमान बङ्लादेश ट्पलिडर
13)मिस प्रीमियम लिडर सरसोती सुन्दास
(14)मिस प्रीमियम लिडर बिनिता बिसि
(15)मिस प्रीमियम लिडर सिता छेत्री
(16)मिस प्रीमियम लिडर नानू सुन्दाश
(17)मिस शेर होल्डर कन्छी तामाङ
(18)मिस सरुकान्छी शेरहोल्डर  ।।
         "कार्यक्रम संचालक 
         दलबहदुर लामा ज्यु

स्थान - केलाङ्ग बजार को म्यादिन मार्केट बाट सिधा अगाडि पट्टि  देखिने  GOLDCOURSE HOTEL को 7th floor मा हुने 
      समय= 10:00 am - 4:00pm सम्म

             "सम्पर्कको लगि"
गणेश खाती= 01121064782
राज सुन्दास=0165327659
चन्द्र बहदुर शेर्पा=0143073215
टेक बहदुर चौहान=0165941866                                  प्रेम राई  =0182058427
इमालुएन कार्की=0102946357
नोट ÷कार्यक्रममा खाना पानी को बेबास्था गरिएको छ। कुनै पनि सुल्क लाग्दैन साथै सांगीतिक मनोरन्जन पनि लिन सक्नु हुने छ
         धन्यबाद !!! 🇳🇵thank you🇳🇵
                     RB dahit (1w1b)