Friday, 24 April 2020

घर फोड कथा

BHIM UPADHYAYA



एउटा गाउको मुखियाले नियम बनाएछन्,  घरको ४०% को सहमति भयो भने घर फुटाउन पाउने । यो सुनेर परिवारका सदस्यहरूलाई दु:ख लागेछ। यतिका रगत पसिना बगाएर, सिंचेर बनाएको घर फोड्न पाउने नियम बनाउन हुन्न भन्दै  मुखियासंग बिरोध जनाए छन्।
चलाख मुखियाले तिनलाई सम्झाउदै भनेछन्- हेर, नियम बनाएको त हो , तर कहॉ म आफ्नो घरै भत्काउन लागेको छु र?  मत अरूको घर भत्काएर त्यहॉका ईटाहरू बटुलेर आफ्नो घरको  तल्ला पो थप्न लागेको हुँ नि। मुखियाको कुरा सुनेपछि उनका प्रियपात्रहरू मुखियाको जयजयकारमा मुखियाको जय होस् जय होस् भन्दै दंग परेछन्। मुखिया होस् त यस्तो घरफोडुवा होस् भन्दै पालिकाका सबै वडामा प्रभातफेरी पनि आयोजना गरेछन्।   (  नेपाल सरकार  ले छिटोभन्दा छिटो  रिहाइ गरोस्  )