Friday, 14 June 2019

साली भातु थारु गीत

मलेसिया 14जुन 2019  
बाँकेको पेडारीस्थित एक घरमा विवश दारु खाँदै गर्दा उहाँलाई झट्का लाग्यो र अकस्मात उहाँलाई लेहंगा-फरियामा सजिएकी एक युवतीले उद्धार गरिन् । नसामा रहेका विवशले ती उद्दार गर्ने युवतीलाई चिन्नुभएन ।



‘साली हो दारु पियाटम आओ साली बैठो हाली कोनम झमाझम भन्ने वित्तिकै’ ती उद्धार गर्ने युवति अचम्ममा परिन् । र, विवशलाई जिस्काउँदै भनिन् ‘भातु हो दारु पियाटम दारु पियाटम नानो भाटु बैथो कोनम झमाझम’ । याे वास्तवमा साली-भातु म्युजिक भिडियाेकाे सुटिङ थियाे । यहीँ बोलको गीत रहेको ‘साली-भातु’ थारु म्युजिक भिडियोको सुटिङ समापन भइसकेको छ । बाँकेको पेडारी गाउँमा भएको सुटिङ केही दिनमा रिलिज हुने साली-भातुका प्राेड्युसर सुशील दहितले बताउनुभयाे ।



कलाकारितामै लागेर थारु जगतका सुपरस्टार कहलिएका कलाकार विवश चौधरी यतिवेला हरेकको मनमनमा बस्न सफल हुनुभएको छ । कलाकारिताले नै उहाँलाई धेरै स्रोतामाझ पुर्याएको छ ।
हरेक बस्ती, टोलमा हुने विवाह, पार्टी, जन्मोत्सव, महोत्सव तथा विभिन्न खाले सांस्कृतिक कार्यक्रममा पनि विवशले खेलेको म्युजिक भिडियोको गीत गुञ्जिने गर्दछ । उहाँले खेलेका गीत संगीतको चर्चाले नै विवशको नाम पनि दर्शकहरुले फरक-फरक नामले चिन्ने गर्दछन् र बोलाउने पनि गर्दछन् । विवश नाम भए पनि जुन बढी गीत चलेको छ र कुनै ठाउँ एक्कासि जाँदा फरक नामले बोलाउँदा आफुलाई गर्व महसुस भएको विवश भन्नुहुन्छ । 
हुनत उहाँकाे आफ्नै नामै काफी छ तर पछिल्लो समयमा विवशलाई दर्शकहरुले धेरै नै मन पराउन थालेपछि उहाँलाई बन्दादा, हाईमोर दार्लु, चवन्वा, सुरसुरिया गोलाजस्ता नामले बेला-बखतमा बोलाउने गरेको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समयमा मोडल विवश चौधरीको एकपछि अर्को थारु म्युजिक भिडियो धमाधम बजारमा सार्वजनिक हुँदै आएको छ । थारु जगतकै सवैभन्दा बढी थारु म्युजिक भिडियोमा मुख्य भुमिका खेल्नेमा उहाँ चर्चित हुनुहुन्छ । विवश गीत-संगीतबाटै आफ्नो पहिचान बनाउन सफल भएको दावी गर्नुहुन्छ ।



विवशकाे याे पछिल्लाे साली-भातु गीतले लगानी गरेअनुसारको प्रतिफल पाउने आशा रहेको प्राेड्युसर दहित बताउनुहुन्छ । साली-भातुको लय तथा शब्दले नै याे थारु बस्ती-बस्तीमा गुञ्जिन सफल हुने दहितकाे भनाइ छ । साली-भातुको सुटिङ हेरेर स्थानीयहरुले पनि भरपुर मनोरञ्जन लिए । सुटिङ गर्न दर्शकको घुइँचोले समस्या पारेको थियो । नितान्त थारु सांस्कृति झल्कने खालको सालीभातु बोलको गीतले बजारमा तहल्का मच्चाउने दाबी कलाकार विवशले गर्नुभयो ।
साली भातु बोलको गीतमा कलाकार विवश चौधरी र श्रीदेवी चौधरीले अभिनय गर्नुभएको छ भने गीतको शब्द-संगीत सुशील दहितले गर्नुभएको हाे । साली भातु गीतको छायांकन रामु चौधरीले गर्नुभएको छ भने सुरज कुस्मीले निर्देशन गर्नुभएको हाे । 
मोडल विवशले थारु सांस्कृति झल्कने ६/७ वटा गीत, नेपाली आधुनिक, थारु, भोजपुरी र नेपाली लोकदोहरी गरि सय बढी गीतमा मोडेलको रुपमा भुमिका खेलिसक्नु भएको छ । विवशकै भुमिका रहेको थारु म्युजिक भिडियो केही दिनमै ३ वटा सार्वजनिक हुने तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो ।
आफुले सकेसम्म थारु गीत-संगीतलाई झल्काउने खाले गीत र संस्कृतिलाई बचाउनतिर लागिपर्ने विवशकाे भनाइ छ । थारु राष्ट्रिय कलाकार मञ्चमार्फत अब थारु गीत-संगीतलाई पनि सेन्सर मार्फत लैजाने हो भने याे क्षेत्रले फड्को मार्ने र थारु संस्कृतिको बदनामी हुनबाट बचाउने उहाँले बताउनुभयाे ।
अडियो सुन्न को लागि तल दिएको लिङ्क मा क्लिक गर्नु होला ।
https://youtu.be/h34Kz9Sg2bc
 #सभार_भगत_राम_थारु 
#news_24_npl_tv